नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

११ पुस, काठमाडौं । नेपालमा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८१९ पुगेको छ ।

एनएमबि न्यूज