साताको पहिलो दिन आज कति छ सुनको मूल्य ?

१२ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार २०० रुपैयाँ रहेको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबा रभएको छ ।

यस्तै चाँदी शुक्रबारकै मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको पनि महासंघको भनाइ छ ।

एनएमबि न्यूज