अब केपी ओलीले कमरेड होइन प्रतिगमनकारी भए : अष्टलक्ष्मी शाक्य

१४ पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका नेता वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि धावा बोलेको बताएकी छन् ।

भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता शाक्यले यस्तो बताएकी हुन । उनले भनिन्, “ओली अब कमरेड केपी ओली होइनन्, सर्वसत्तावादी, प्रतिगमनकारी ओली भए । उनलाई जनताले छाड्ने छैन ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले प्रदर्शन गरिरहेको छ ।

एनएमबि न्यूज