२६ साउन, काठमाडौं । सरकारले बाह्य तथा आन्तरिक हवाई उडानमा भदौ १५ गतेसम्म रोक लगाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १ भदौबाट खुला गर्ने भनिएको हवाई उडान थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस