२४ पुस, काठमाडौं । रात्रिको आकाशमा खगोलीय पिण्डहरुको गतिविधि हेर्दै रमाउनेहरुका लागि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो । अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति ग्रह र शनि ग्रहको निकटता ( ग्रेट कन्जक्शन ) ले बड़ो चर्चा पाएको थियो ।
चलिरहेको नववर्ष २०२१ पनि यस्तै अनुपम खगोलीय घटनाले परिपूर्ण रहने भएको छ । यस क्रममा नववर्षको प्रारम्भमै आज ८ जनवरीमा तीनवटा ग्रहको अद्भुत संयोग हुन गइरहेको छ। आजको सन्ध्याकालीन आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको छ । गत वर्ष २१ दिसम्बरमा नजिक आएका बृहस्पति र शनि ग्रह हुन त अहिले एक अर्काबाट टाढा पुगिसकेका छन । टाढा हुँदै गई रहेका यी दुबै ग्रहसंग बुध ग्रहको सामीप्यताले आकाशमा मनोहारी दृश्यावली बन्न गइरहेको छ ।
आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने छन् । हुन त ११ जनवरीमा बन्ने त्रिकोण त्यति प्रष्ट हुँदैन। आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ । ९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ । मौसम साफा रहे आजको सन्ध्याकालीन आकाशमा तीन वटा ग्रहले बनाउने त्रिकोण हेर्न नबिर्सनु होला ।