विराट कोहली र अनुष्का शर्मालाई पुत्री लाभ

२८ पुस, काठमाडौं । भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन् ।

कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो ।

‘हामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ । अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्,’ उनले लेखेका छन् । कोहली र शर्माको विवाह सन् २०१७ को डिसेम्बरमा भएको थियो ।

एजेन्सी