१ माघ, काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
महासंघले बिहीबार चाँदीको मूल्य पनि घटेको जनाएको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस