१ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त काठमाडौंमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन ९० हजार रुपैयाँ मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीवार बिहान काठमाडौं महानगरपालिका–१५ स्वयम्भुबाट मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भनिने बुद्धिबहादुर घलानलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले घलानलाई बिहान साढे ७ बजेतिर पक्राउ गरेको जनाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस