समाचार

चन्द्रागिरिको आईपीओ भर्नेलाई केबलकारमा २५ प्रतिशत छुट

Chandragiri Hills

१ माघ, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको ११ औं वार्षिक सधारण सभा २०७७ साल पुस २९ गते बुधवारका दिन चन्द्रगिरि हिल्स रिर्सोट सम्पन्न भएको छ । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ ।

साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

शेयरमा देखिएको उल्लेखनीय सहभागिता, सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हूँदा सबै आवेदकको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रकाश ढकालले बताए ।

चन्द्रगिरि शेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस