राजनीति

श्रमका लागि विदेश जानुपर्ने बाध्यता छिट्टै अन्त्य हुन्छ : प्रधानमन्त्री

kp oli

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षभित्र कुनै पनि नेपाली कामका लागि विदेश जान बाध्य नहुने बताएका छन् । उनले सरकारले विदेशमा रोजगारीका लागि जाने अवस्था अन्त्य गर्ने गरी काम गरिरहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले विभिन्न खाले काम अघि बढाइरहेको भन्दै बाध्यताका लागि विदेशिनुपर्ने अवस्था अन्त्यका लागि आवश्यक काम भइरहेको बताए ।

उनले आफ्नो सम्बोधनका क्रममा भनेका छन्, ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं । र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ ।’

यस्तै उनले युवाहरुलाई अगाडि बढ्न आग्रह गर्दै सरकार साथमा रहेको बताए । प्रधानमन्त्री ओलीले युवा जनशक्तिको लगभग २५ प्रतिशत देशबाहिर जाने, त्यसमध्ये केही अध्ययनका लागि र केही रोजगारीका लागि अवस्था छ रहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस