कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टा नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ९५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

त्यस्तै आज थप ४ सय जना कोरोनामुक्त भई घर फर्किएका छन् ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।