४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु केपी ओलीजस्तो बिहेमा जाँदा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने मान्छे नभएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ (दाहाल–नेपाल) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जानेबेलामा रुँदै हिँड्नुहुन्छ’, प्रचण्डको भनाइ छ ।
प्रचण्डले केही दिनअघि केपी ओलीले जोकर बनेर मानिसहरुलाई हसाउँदै हिँडेको बताएका थिए । त्यसको जवाफमा शनिबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै आफूले जनतालाई हसाउँदा पनि केही व्यक्तिलाई पीडा भएको टिप्पणी गरेका थिए ।

