२८ साउन, वीरगञ्ज । अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३८ वर्षीय बन्हु सहनी पक्राउ परेका हुन् ।
अभियुक्त सहनीलाई मंगलबार दिउँसो ३ बजे वीरगञ्ज– १६ इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।
सहनीलाई जिल्ला अदालतले २०६८ साल मँसिर १६ गतेको आदेशले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।
पक्राउ परेका सहनी लागु औषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस