बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

६ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको हो । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज