समाचार

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट

dr sabin bhandari hatpat

६ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर सविन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार मिस कम्युनिकेसनका कुटपिट भएको हो । निमोनियाको बिरामी रहेका उनमा बुटवलमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । उनलाई उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएञ्जाको परीक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

टेकुमा गरिएको इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको डा. दासले बताए । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो । आईसीयूमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएपछि बिरामीको आफन्तले डाक्टरमाथि कुटपिट गरेका हुन् ।

मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेको डा. दासले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस