७ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकामा थपिएका संक्रमित मध्ये भक्तपुरमा ३, ललितपुरमा २६ र काठमाडौंमा ११६ जना रहेका छन् ।
त्यस्तै, बुधबार देशभर थप ३१८ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस