विश्व/प्रवास

भारतीय प्रधानमन्त्री मोदीसहित मुख्यमन्त्रीहरुले दोस्रो चरणमा काेराेनाविरुद्धकाे खोप लगाउने

Narendra Modi

८ माघ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ ।

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस