समाचार

५० वर्षसम्म केपी ओलीले दुःख मात्रै दिए : माधव नेपाल

Madhav kumar nepal

९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूसँगको ५० वर्षे सहकार्यमा केपी ओलीले दुःख मात्रै दिएको बताएका छन् ।

नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन ।

उनले भने, “५० वर्षसम्म जहिले पनि दुःख दिए । जहिले पनि हैरान मात्रै गरे । मैले थुमथुम्याउने, मलाई सधैँ दुःख दिए । उहाँ सधैँ अरुको हुर्मत लिन खोज्नुहुन्छ ।” आफूमात्रै नभएर उनले प्रचण्डलाई पनि दुःख दिएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस