सूचना प्रविधि

कृषि विकास बैंकको विज्ञापन आवेदन शूल्क ‘खल्ती वालेट’बाट तिर्न सकिने

khalti and adbl

९ माघ, काठमाडौं । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

कृषि बिकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।

त्यसपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शूल्क भुक्तानी गर्न सकिने बताइएकाे छ । कृषि बिकास बैंकले विभिन्न पदमा चार सय कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस