आइतबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर

११ माघ, काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

एनएमबि न्यूज