बैँक / वित्त

हिमालयन बैंकले सवारी खरिदका लागि सहुलियत दरमा कर्जा दिने

himalayan bank aggrement

११ माघ, काठमाडौं । हिमालयन बैंक लि.ले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सो कम्पनी बीच यस सम्बन्धी सम्झौता पत्रमा २०७७ साल माघ ९ गते हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस