१२ माघ, काठमाडौं । भारत चीनबीच तनावबीच दुई देशका सैनिकबीच पुनः एकपटक झडप भएको छ । भारतीय सेनाले २० जनवरीमा सिक्किमका दुई देशबीच आमने सामने भएको पुष्टि गरेका छन् । दुई सेनाका कमान्डरले निश्चित प्रोटोकलअनुसार विवाद सुल्झाइसकेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
भारतीय मिडियाका अनुसार चीनले एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) मा घुसपैठ गर्ने कोसिस गरेको थियो । भारतीय जवानले रोक्दा चिनियाँ सैनिकले हातपात गर्न सुरु गरेको भारतीय समाचार माध्यमले जानकारी दिएको छ । झडपमा चीनका २० सैनिक घाइते भएका छन् । भारतका चार जवान पनि घायते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै जानकारी भने दिएको छैन ।
प्रतिक्रिया दिनुहोस