१३ माघ, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिन विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट र २७ गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ ।
अहिले केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।
प्रतिक्रिया दिनुहोस