लुम्बिनी प्रदेशका ६ जिल्लामा मात्र खोप अभियान सुरु

१४ माघ, बुटवल । लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको छ ।

लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । बुधबार तराईका ६ जिल्लामा खोप अभियान सुरु गरिएको छ भने बाँकी ६ जिल्लामा १७ गतेबाट खोप लगाउन सुरु गरिनेछ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतको उपस्थितिमा खोप अभियान सुरु गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु.डा राजेन्द्र खनालले खोप लगाएर अभियान सुरु गरेका थिए ।

प्रादेशिक अस्पतालका चिकित्सक विष्णुप्रसाद गौतमले विश्व  स्वास्थ्य संगठनको मापदण्ड पूरा भएपछि मात्र खोप लगाउन सुरु गरिएको भन्दै खोप लगाउनबाट आत्तिनु वा डराउन नपर्ने बताए ।

एनएमबि न्यूज