समाचार

नेकपा विभाजनले चीनको कम्युनिस्ट पार्टी रोएको छः वामदेव गौतम

bamdev

१४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटले सँसारभरका कम्युनिस्टलाई रुवाएको बताएका छन् । उनले चीनको कम्युनिस्ट पार्टी पनि नेकपा फुटबाट रोकएको बताए ।

‘अहिले चीनको कम्युनिस्ट पार्टी रोएको छ,’ एकता राष्ट्रिय अभियान घोषणा गरेपछि आज ललितपुरमा सम्बोधन गर्दै गौतमले भने,‘आज सँसारभरका कम्युनिस्ट पार्टीलाई रुवाएको छ ।’ नेकपाका केही नेताहरु पार्टी फुटाएर हाँसिरहेको गौतमको भनाई थियो ।

नेपालमा नयाँ मोडालिटीका साथ कम्युनिस्ट पार्टी बढिरहँदा फुटेको बताए । नेपालमा जनताको बहुदलीय जनवादबाट समाजवाद निर्माण हुन्छ भनेर सँसारभर सन्देश गइरहँदा पार्टी फुटेको बताए ।

नेकपा फुटमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री प्रचण्ड दुवै उत्तिकै जिम्मेवार रहेको उनको टिप्पणी थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस