३० साउन, काठमाडौं । लकडाउन अवधिभर राजधानीमा कोरोना संक्रमितको संख्या न्यून थियो । तर, लकडाउन अन्त्य भएपछि विभिन्न शहरबाट आउने मानिसहरुका कारण राजधानी असुरक्षित बन्दै गएको छ ।
दिन दुई गुना, रात चौगुना हुँदै फैलिएको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । चिकित्सकहरुले कसैसँग भेटघाट नगर्न, हात नमिलाउन, अङ्कमाल नगर्न आग्रह गरिरहेका छन् ।
यस्तैमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाँस्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उक्त आग्रह गरेका हुन् ।
उनले लेखेका छन् – ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’
प्रतिक्रिया दिनुहोस