१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप लगाएका छन् ।
आज प्रचण्ड–नेपाल समूह नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले संविधान मिचेर सरकारको विस्तार र प्रतिनिधि सभाको विघटन गरी देशलाई संकटतिर धकेलेको बताए ।
प्रतिक्रिया दिनुहोस