२० माघ, काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ९४६ जनामा गरिएको परीक्षणमा मंगलबार थप १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ७१ महिला र १०० जना पुरुष रहेका छन् ।
योसहित नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ । त्यस्तै, यो अवधिमा २५९ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस