२१ माघ, काठमाडौं । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा अभिनित फिल्म ‘कृष्ण–लीला’ चैत २७ देखि प्रदर्शनमा आउने भएको छ । फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।
दीपक ओलीको निर्देशन रहेको उक्त फिल्म आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्मको कार्यकारी निर्माता भने रत्न श्रेष्ठ रहेका छन् । उक्त फिल्मको निर्माण भने प्रकाश कार्की र केवल तामाङले गरेका हुन् ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा पुष्प र श्रद्धाका अलवा साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारको अभिनय रहेको छ । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँंकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।
प्रतिक्रिया दिनुहोस