२६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस