२८ माघ, काठमाडौं । नेकपाका नेता जीवनराम श्रेष्ठले वर्तमान सरकार नेवार संस्कृति समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले गरेको विरोधसभामा उनले ओली सरकार आएदेखि नै जातजाति र संस्कृतिविरुद्ध लागिरहेको आरोप लगाए । “यो सरकारले काठमाडौं उपत्यकाका नेवार समुदायको संस्कृति समाप्त पार्न गुठी विधेयक ल्याएको थियो,” श्रेष्ठले भने, “हामी उपत्यकाका नेवारहरुले झ्याली बजाएर लखेटेपछि रोकिएको थियो ।
अहिले हाम्रो जनप्रतिनिधिमूलक संसद् नै समाप्त पारिदियो । अझै जनविरोधी काम गर्न छोडेको छैन ।” उनले अध्यादेशबाट अभिव्यक्ति, स्वतन्त्रता खुम्च्याउन लागिरहेको भन्दै त्यसका विरुद्ध पनि उत्पत्यकाका नेवारहरुले आवाज थप बुलन्द पार्ने बताए ।
प्रतिक्रिया दिनुहोस