प्रधानमन्त्री ओली र थाइल्यान्डका राजदूत भोसितबीच भेटघाट

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्यान्डका राजदूत भोसित भोरासाफबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको बताइएको छ ।

एनएमबि न्यूज