समाचार

भागीरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन

bhagarati hattya

१ फागुन, काठमाडौं । कन्चनपुर भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ ।

यो अवधिमा प्रहरीले निर्मला  हत्या  घटनाका  दोषीसम्बन्धी सुराक पत्ता लगाउन सकेको छैन । दुई  वर्षअघि२ ०७५ साल साउन १० गते बिहीबार निर्मलाको बलात्कारपछि हत्या गरिएको अव‚थामा उखुबारीमा शव फेला परेको थिया ।

निर्मला हत्या घटनामा संलग्न व्यक्तिको पहिचान र  पक्राउका लागि विशेष प्रहरी परिचालन भइरहेकै अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको छ ।

माघ २२ गते बिहीबार भागरथीको बलात्कारपछि हत्या गरिएको अव‚थामा जङ्गलमा शव भेटिएको होध्र यस घटनामा संलग्न व्यक्तिका सम्बन्धमा  प्रहरीले  कुनै  सुराकसमेत  फेला पार्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस