राजनीति

प्रचण्ड–नेपाललाई ओलीको जवाफ: बुटवल आउनुुस्, जनसमर्थन कस्तो हुन्छ ?

kp oli butwal

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेताहरुलाई जनसमर्थन कस्तो हुन्छ भन्ने हेर्नका लागि बुटवल आउन आग्रह गरेका छन् ।

यही माघ २८ गते आयोजित सभामा प्रचण्ड–नेपाल समूहका नेताहरुले सभा हेर्न भृकुटीमण्डप आउन ओलीलाई आग्रह गरेका थिए ।

सोही विषयको जवाफ दिँदै शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सभामा बोल्दै ओलीले भने, “अस्ति तीन दिनअघि मात्रै देशभरिबाट मान्छे जम्म गरेर अलिकति मान्छे देखेपछि ‘सभा हेर्न यहाँ आउ केपी ओली’ भनेर केही मान्छेले भनेका थिए । म देशभरिको होइन, लुम्बिनी प्रदेशको सभा हेर्न उहाँहरुलाई बुटवल आउन आग्रह गर्छु । आउनुस्, जनसमर्थन कस्तो हुन्छ ? जनसहभागिता कस्तो हुन्छ ?’’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस