२ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा २ हजार २ सयले बृद्धि भएको छ । मंगलबारका लागि छापावल सुनको प्रतितोला मूल्य १ लाख ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबारका लागि तेजावी सुनको भाउ ९९ हजार ९ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो दिनको तुलनामा ५५ रुपैयाँले बृद्धि भएको छ ।
चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस