मुख्य समाचार

रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइते

bus accident

७ फागुन, रामेछाप । मन्थली नगरपालिकाको मच्छेडाडीमा स्काउट विद्यार्थी बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार शुक्रबारदेखि मन्थलीमा संचालन हुने तेश्रो मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा भाग लिनका लागि सेतीदेवी मावि सालुबाट स्काउट विद्यार्थीहरु सदरमुकाम मन्थली आउने क्रममा उक्त दुर्घटना भएको हो ।

श्रेष्ठका अनुसार बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन् । बसमा अधिकांश स्कुले बालवालिकाहरु रहेका थिए । बस तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको जनाएको छ ।

एक्कासी ब्रेक लगाउँदा बस सडकमा नै पल्टिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस