अमेरिका, क्यानडा र मेक्सिकोमा थप एक महिना प्रतिबन्ध

८ फागुन, काठमाडौं । क्यानडा, मेक्सिको र अमेरिकाले प्रतिबन्ध लम्ब्याएका छन् ।

कोरोना संक्रमण रोकथामका लागि यि तिन देशले २१ मार्चसम्म प्रतिबन्ध लम्ब्याएका हुन् । यस अघि २१ फेब्रुअरीसम्मका लागि गरिएको लकडाउनलाई अर्को एक महिनासम्मका लागि लम्ब्याइएको हो ।

जनताले अत्यावश्यकबाहेकका काममा यात्रा गर्न पाउने छैनन् भने यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । अमेरिकामा अहिलेसम्म ५ करोड ७० लाखभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको छ ।

त्यसैगरी चीनमा ४ करोड मानिसहरूले खोप लगाइसकेका छन् । युरोपेली युनियन अन्तर्गतका देशहरूमा अहिलेसम्म २ करोड ४५ लाखले कोरोना खोप लगाई सकेका छन् । विश्वमा अहिलेसम्म ११ करोड १२ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएका  छन् ।

यसमध्ये ८ करोड ६१ लाख मानिस निको भएका छन् भने २४ लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

एजेन्सी