९ फागुन, धनुषा । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रमुखा झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’
प्रतिक्रिया दिनुहोस