साताको अन्तिम दिन सेयर बजारमा भारी अंकले गिरावट

१३ फागुन, काठमाडौं । आज साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । बढेर सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा ४४ अंक घटेर दुई हजार ५५४ अंकमा पुगेर रोकिएको हो । परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। यसअघि दैनिक ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार हुँदै आएको नेप्सेमा आज जम्मा ६ अर्बको कारोबार भएको छ ।

एनएमबि न्यूज