४ भदौ, डडेल्धुरा । बैतडीको लामाखेतमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका-६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको बा ३ ख ९११७ नम्बरको गाडी बुधबार साँझ साढे ६ बजे दुर्घटना भएको हो । गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउँद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया बिस्ना जोशी रहेका छन् ।
उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएकाे छ भने समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता किसन चन्दले जानकारी दिए ।
हाइस सडकबाट करीब २० मिटर तल खसेको छ भने चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस