४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीलाई भावुक चिठी लेखेका छन्।
भारतको स्वतन्त्रता दिवस अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धाेनीलाई मोदीले चिठीमा भनेका छन् ‘तपाईंको संन्यासबाट १३० करोड भारतीयलाई निराशा भयो, तर तपाईले भारतीय क्रिकेटका लागि जे दिनुभयो, त्यसका लागि कृतज्ञ पनि छौं ।’
धोनीले मोदीको पत्रलाई लिएर ट्वीटरमा मोदीलाई धन्यबाद व्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘एक कलाकार, सैनिक र खेलाडीलाई प्रशंशाको कामना हुन्छ, सबैले उनीहरुको पहिचान गर्न सकुन्, धन्यवाद प्रधानमन्त्री मोदी, तपाईले दिनुभएको शुभकामनाका लागि ।’
मोदीले उनलाई धोनीमा नयाँ भारतको आत्मा झल्किने पत्रमा बताएका छन् ।

