२१ फागुन, काठमाडौं । भूमिगत राजनीति गर्दै आएको नेकपा (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रवार) औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।
राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका थिए ।
प्रतिक्रिया दिनुहोस