४ भदौ, काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभुत्त बैकिङ सेवा नरोक्न निर्देशन दिएको हो ।
विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले सवै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकलाई संचालनका लागि सहजता प्रदान गर्न बैंकर्स संघले आव्हान गरेसँगै गृहको उक्त निर्देशन आएको हो ।
गृहले उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई पत्र पठाएर अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ प्रणाली संचालनमा ल्याउन कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस