४ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार जुम्लामा थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाका हिमा गाउँपालिकाका ८ जना र नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्यााक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
एक सय २९ जनाको नमुना सङ्कलन गरिएको थियो । जुम्लामा यति धेरै सङ्क्रमित देखिएको यो पहिलो पटक हो ।
जुम्लाको चन्दननाथ नगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
गत शुक्रवारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
सङ्क्रमितहरूको सम्पर्कमा आएका सबै जनाको कन्ट्रयाक ट्रेसिङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले गरिरहेका छन् ।