सेयर मार्केट

महिला लघुवित्तको सेयर ४३८, ग्रिनलाइफको २९९ मा ओपनिङ कारोबार

ipo

३ चैत, काठमाडौं । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । चैत २ गते नेप्सेमा सूचिकृत भएका दुबै कम्पनीको सेयर आजबाट नेप्सेको स्पेशल–प्रि ओपन सेसनमा ओपनिङ कारोबार भएको हो ।

महिला लघुवित्तको सेयर प्रतिकित्ता ४३८ रुपैयाँमा पहिलो कारोबार हुँदा ग्रिनलाइफ हाइड्रोपावरको सेयर २९९ रुपैयाँमा ओपनिङ कारोबार भएको छ । महिला लघुवित्तको पहिलो कारोबारको लागि ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती दायरा तोकेकोमा ४३८ मा पहिलो कारोबार भएको हो ।

ग्रिनलाइफ हाइड्रोपावरको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती दायरा तोकेकोमा २९९ बाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेटवर्थ देखिको नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज तोक्ने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस