मुख्य समाचार

नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

madhav samuha

४ चैत, काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ ।

भेलाको सबै तयारी पूरा भइसकेको उक्त समूहले बताएको छ । ललितपुर सानेपास्थित होटल हेरिटेज गार्डेनमा बुधबार बिहान ११ बजे भेला सुरू हुने भएको हो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले भेला नगर्न भने पनि उक्त समूहले पूर्वनिर्धारित भेलालाई जारी राख्ने भएको छ ।

भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय समिति सदस्य गरी दुई हजार जनाभन्दा बढी सहभागी हुने एमाले नेता योगेश भट्टराईले बताएका छन् । अध्यक्ष ओलीले एकलौटी हिसावले गत फागुन २८ मा केन्द्रीय समिति बैठकबाट नेकपा माओवादीका नेता रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेपछि नेपाल-खनाल समूह असन्तुष्ट छ ।

उक्त निर्णय पार्टी विधानविपरीत हुने भन्दै फिर्ता लिन उक्त समूहले माग गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस