बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैंछ कारोबार ?

५ चैत, काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ ।

आज छापावाल सुन तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ८७ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

यसैगरी, चाँदीको मूल्य बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको  चाँदीको मूल्य आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज