रेशम चौधरीको रिहाई माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन

८ चैत, काठमाडौं । टिकापुर घटनाको दोषी रेशम चौधरी लगायतको रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

थारु कल्याणकारीणी सभा थरुहट र थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएको हो ।

टिकापुर घटनामा दोषी ठहरिएकाहरुको तुरुन्तै रिहाईको माग गर्दै थारू संगठनहरु काठमाडौंमा आन्दोलित भएका हुन् ।

एनएमबि न्यूज