Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

अमेरिकाको कोलोराडोमा गोलीबारी, प्रहरीसमेत १० जनाको मृत्यु

१० चैत, काठमाडौं । अमेरिकाको कोलोराडोको बोल्डर शहरमा गोलीबारीको घटनामा प्रहरीसमेत थुप्रैजना मारिएको खबर छ । यो घटनामा प्रहरीसमेत कम्तीमा १० जना मारिएको खबर छ ।

समाचार एजेन्सी एफपीका अनुसार एक बन्दुकधारीले बोल्डर शहरको टेबल मेसा इलाकाको एक ग्रोसरी सुपरमार्केटमा स्थानीय समयानुसार करिब दिउँसो ३ बजे गोलीबारी भएको हो । प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार केही सुरुवाती जानकारी मात्रै प्राप्त गरिएको र हिंसाका कारण के हो भन्ने हालसम्म यकिन हुन सकेको छैन ।

तर स्थानीय मिडियामा देखाइएको भिडियोमा बक्सर मात्रै लगाएका दाह्री भएका गोरा व्यक्तिलाई हत्कडीमा स्टोरबाट बाहिर लैजादैं गरिएको देखिएको छ । त्यसपछि उनलाई स्ट्रेचरमा सुताएर एम्बुलेन्समा लगियो । हिरासतमा लिइएका व्यक्तिको खुट्टाबाट रगत निस्किरहेको थियो र उनी खुट्टा खोच्याएर हिँडिरहेका थिए ।

घटनाका बेला सुपरमार्केटभित्रै रहेका प्रत्यक्षदर्शीले गोलीको आवाज सुनेपछि आफूहरु पछाडिको बाटो हुँदै बाहिर निस्किएको बताए । कम्तिमा आठ गनशट सुन्ने रयान बोरोव्स्कीले सीएनएनसँग भने, ‘एउटा सोडा र चिप्सको प्याकेट खरिद गर्न जाँदा म त झण्डै मरिनँ ।’

दर्जनौं बख्तरबन्द वाहन, एम्बुलेन्स र एफबीआई एजेन्ट, स्वाट टीमसमेत सुरक्षाबल घटनास्थलमा पुगेका छन् । यसअघि अघिल्लो हप्ता पनि दक्षिणपूर्वी जर्जिया राज्यमा एशियालीको स्पामा गोलीबारीको घटना भएको थियो जसमा ८ जना मारिएका थिए ।

एजेन्सी