१२ चैत, काठमाडौं । कीर्तिपुरबाट ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट घर भएका गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ रहेका छन् । प्रहरीले नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको भन्ने सुराकको आधारमा उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो ।
कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ ।
डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस